अमेरिकाबाट निष्कासित हुने भुटानी शरणार्थीको संख्या २० पुग्यो, डिपोर्ट भएका अधिकांश सम्पर्कबिहीन

अमेरिकाबाट निष्कासित हुने भुटानी शरणार्थीको संख्या २० पुग्यो, डिपोर्ट भएका अधिकांश सम्पर्कबिहीन
+
-

झापा- भुटानबाट खेदिएर नेपाल हुँदै अमेरिका पुगेकामध्ये अहिलेसम्म २० जना पूर्व भुटानी शरणार्थी डिपोर्ट भएका छन्।

उनीहरूलाई अमेरिकाले भुटान ल्याएर छाडेको र त्यसपछि भुटानले पनि देश निकाला गरेको हो। तीमध्ये नेपालमा पक्राउ परेका चारजनाबाहेक अरुको अत्तोपत्तो छैन।

अमेरिकाबाट डिपोर्ट भएर भुटानबाट समेत २० जना पूर्व शरणार्थी लखेटिएको भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले बताए।

पहिलो पटक १०, दोस्रो पटक ३, तेस्रो पटक २ र पछिल्लो पटक ५ जनालाई अमेरिकाले डिपोर्ट गरेको पौडेलले बताए।

तीमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेर लामो समय हिरासतमा राखेर सर्वोच्च अदालतको आदेशपछि अहिले हाजिरी जमानी रहेका छन्।

तीनजना पूर्व शरणार्थीलाई अमेरिकामा पक्राउ गरेर राखिएको बताइएको छ। अमेरिकाले डिपोर्ट गरेर भुटान पठाए पनि आफ्नो देशले अस्वीकार गरेपछि चारजना अवैध रूपमा नेपाल प्रवेश गरेका थिए।

अहिले ती चार जनालाई थुनामुक्त गरेर सम्बन्धित नगरपालिकाभित्र मात्र हिँडडुल गर्न इजाजत दिइएको छ। हरेक सात दिनमा नजिकको प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’