भेरी अस्पतालमा छुट्टै जलन वार्ड

भेरी अस्पतालमा छुट्टै जलन वार्ड
+
-

नेपालगन्ज – नेपालगन्जको भेरी अस्पतालमा जलेका विरामीका लागि जलन वार्ड सञ्चालनमा ल्याइएको छ। जलेका विरामीलाई सामान्य उपचार गरेर काठमाडौं पठाउँदै आएको भेरीले अब यही उपचार गर्ने गरि जनशक्ति र छुट्टै वार्ड सञ्चालनमा ल्याएको छ। अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट ९मेसु० डा। निराजन सुवेदीले ६ शैयाको जलन वार्ड सञ्चालनमा ल्याएको बताए।

उनका अनुसार, भेरीले अर्थोपेडिक पोष्ट अपरेटिभ वार्ड, जनरल पोष्ट अपरेटिभ वार्ड, सर्जिकल र मेडिकल आइसियू, सर्जिकल वार्ड, इएन्टी र युरो वार्ड, पोष्ट ट्रान्सप्लान्ट आइसियूलगायतका छुट्टै थप वार्ड सञ्चालन गरेर सुविधा बढाएको छ।

भेरीले सिकलसेल तथा थालसेमिया विरामीका लागि संक्रमण रोगबाट बचाउन निशुल्क खोप दिने भएको छ। भारत सरकारले उक्त खोप सहयोग गरेको छ। थारु समुदायमा धेरै देखिएको सिकलसेल जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ।

भेरीले थप गरेका वार्ड तथा खोपको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन तथा हस्तान्तरण गरे। सो अवसरमा मन्त्री पौडेलले जनस्वास्थ्य सेवा एेन प्रस्ताव गरेको बताए। उनले अब लोकसेवामार्फत अस्पताल तोकेरै विज्ञापन गर्ने जानकारी दिए। अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पतालको सेवा र समस्याको बारेमा अवगत गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?