अनलाइन ठगीमा संलग्न सात जना युवा पक्राउ, अढाई करोडभन्दा बढीको ठगी

अनलाइन ठगीमा संलग्न सात जना युवा पक्राउ, अढाई करोडभन्दा बढीको ठगी
+
-

जनकपुरधाम – धनुषा प्रहरीले अनलाइन माध्यमबाट अढाई करोडभन्दा बढीको ठगी गरेको अरोपमा पक्राउ परेका ७ जना युवालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धनुषा, महोत्तरी र सर्लाहीका १९ देखि २३ वर्षका युवा छन्।

सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षिय नितेश कुमार साह, महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षिय रोशन साह, २१ सुधीर कुमार महतो, गौशाला–२ का १९ वर्षिय अमित साह, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षिय श्याम सुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षिय राम कुमार महरा रहेका छन्।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले पक्राउ परेका युवाहरु कुलतमा फँसेका युवाहरु रहेको बताए। पक्राउ परेका युवाहरुले अनलाईन माध्यमबाट विभिन्न किसिमको मोबाईल तथा लत्ता कपडाहरु लगायतका सर–सामानहरु सस्तोमा दिने भनि इन्सटाग्राम, टिकटक, फेसबुक, ह्वाट्सप लगायतको सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्दै आएका थिए।

पक्राउ परेका युवाहरुले विभिन्न २१ वटा सोसल मिडिया एकाउन्ट तथा पेजहरुको प्रयोग गरी ठगी गरेको देखिएको प्रवक्ता सिंहले बताए। उनका अनुसार पक्राउ परेका युवाले सामान खरिद गर्ने भनी सामाजिक सञ्जालको प्रयोग गरी सम्पर्क गर्दा अग्रिम भुक्तानी लिने गरेको र पैसा लिइसकेपछि उनीहरुलाई ब्लक गरी सम्पर्क विहिन हुने गरेको देखिएको हो।

पक्राउ परेका युवाहरुले गाउँ घरमा आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई रकमको प्रलोभन देखाई निजहरुको नाममा बैँक, वित्तीय संस्था तथा वालेटमा खाता खोल्न लगाई मोबाईल ब्याकिङ्ग समेत खोली सोही खातामा अनलाइन माध्यमबाट रकम पठाउन लगाउने गरेका थिए।

पक्राउ परेका युवाको साथबाट विभिन्न बैँक तथा वालेट गरी १८७ वटा खाताहरुको विवरण फेला परेको र उक्त खाताहरुबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९२ रुपैयाँ बराबरको कारोवार भएको देखिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?