
काठमाडौँ – राजसंस्था पक्षधरहरूले काठमाडौँमा मोटरसाइकल र्याली निकालेका छन्।
मोटरसाइकल र्यालीमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरू सहभागी थिए।
थापाले आफै मोटरसाइकल चलाएका थिए।
सुकेधाराबाट सुरु भएको मोटरसाइकल र्याली महाराजगंज, बालाजु, स्वयम्भू, कलंकी हुँदै बल्खु चोकमा पुगेर सकिएको थियो।