
काठमाडौँ – दाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।
शनिबार दिउँसो तुलसीपुर–१८ स्थित अम्बाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम तालमा डुबेर १६ वर्षीय भुपेन्द्र विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
त्रिवेणी गाउँपालिका–९ सिस्नेरी घर भई हाल अध्ययनका लागि तुलसीपुर बस्दै आएका भुपेन्द्र साथीहरूसँग पौडी खेल्न गएका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार शव परीक्षणका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ।