चौकुनेमा एक सय चौबिस गिद्ध

चौकुनेमा एक सय चौबिस गिद्ध
+
-

भेरीगङ्गा (सुर्खेत) – जिल्लाको चौकुने गाउँपालिकामा १२४ वटा गिद्ध फेला परेका छन्। गाउँपालिकाले वन तथा वातावरण ऐन लागू गरी जैविक विविधता संरक्षणमा जोड दिन थालेपछि यहाँका वन क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको हो।

गाउँपालिका अध्यक्ष खड्क विकले विगतमा कहिलेकाहीँ मात्रै देखिने गरेकामा हाल १२४ वटा गिद्ध यही स्थानमा बस्न थालेको बताए। उनले जैविक विविधता कायम गर्न भन्दै १२ वटा समूह निर्माण तथा दुईजना कर्मचारी नियुक्त गरी संरक्षणका काम थालनी गरेको जानकारी दिए।

“गाउँपालिकाले गौशाला सञ्चालनमा ल्याएर छाडा गाईगोरु त्यहाँ राख्न थालिएको छ। बुढो उमेर भएर मरेका गाईगोरुलाई राख्ने ठाउँ बनाइएपछि आहाराको खोजीमा गिद्धहरू पालिकामा आउन थालेका छन्”, अध्यक्ष विकले भने, “गाड्नेभन्दा पनि बस्तीभन्दा टाढा वनमा लिएर मरेका गाईगोरु राखिदिन्छौँ, गौशालाका कर्मचारीलाई रेखदेखका लागि खटाउने गरेका छौँ, अनि आहारा खोज्दै गिद्धहरु यहाँका वन क्षेत्रमा आउन थालेका छन्। अहिले १२४ वटा गिद्ध यस क्षेत्रमा छन्।”

अब ती गिद्ध संरक्षणका लागि चराविद् एवम् माथिल्लो तहका सरकारसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ। यसका साथै गाउँपालिका क्षेत्रमा भित्र भेरी र कर्णाली नदीसमेत पर्दछ। त्यहाँ रहेका विभिन्न प्रजातिका माछा संरक्षणका लागिसमेत योजना बनाएर काम भइरहेको अध्यक्ष विकले जानकारी दिए। हाल यी दुवै नदीको दोभानमा पाइने रातो माछालगायतका अन्य जलचरको संरक्षणका लागि माछा मार्न रोक लगाइएको छ।

“पालिकाले जारी गरेको ऐनमा भएको व्यवस्थाअनुसार विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मिलित १२ वटा छुट्टाछुट्टै समूह बनाएका छौँ। यी समूहले जैविक विविधता कायम गराउनका लागि अध्ययन–अनुसन्धानका साथै जैविक विविधता कायम राख्न काम गरिरहेका छन्। ती समूहको उद्देश्य भनेको वन जोगाउनेदेखि चराचुरुङ्गीको बासस्थानका लागि उपयुक्त वातावरण निर्माण गर्नु हो”, अध्यक्ष विकले भने।

वन ऐन बनाइसकेपछि सामुदायिक वनबाट सञ्चित कोषमा राजस्व सङ्कलन समेत सुरु भएकमा हाल उक्त कोषमा करिब रु २२ लाख राजस्व सङ्कलन गरिएको छ। कर्णाली प्रदेश, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चौकुने गाउँपालिकामा गिद्ध बढेको भन्ने विषयमा अध्ययन गरेर योजना बनाइने जनाएको छ। उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णाली जैविक विविधताले धनी रहेको भन्दै यसलाई कायम राख्नेगरी योजना बनाइने प्रतिबद्धता जनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?