राजसंस्था पक्षधरको संयुक्त बैठकः आन्दोलन सफल बनाउन पूर्वतयारी कार्यक्रम सार्वजनिक

राजसंस्था पक्षधरको संयुक्त बैठकः आन्दोलन सफल बनाउन पूर्वतयारी कार्यक्रम सार्वजनिक
+
-

काठमाडौँ – आगामी जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापनाका लागि हुने आन्दोलनलाई सफल बनाउन राजसंस्था पक्षधरहरूले विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेका छन्।

आइतबार काठमाडौँमा बसेको राजसंस्था पक्षधर राजनीतिक दल, संघसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठकले आन्दोलनको पूर्वतयारीस्वरुप कार्यक्रमहरू सार्वजनिक गरेको हो।

बैठकले जेठ ६ गते संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यप्रति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरूको भेला गर्ने,  काठमाडौँ उपत्यकाका तीन जिल्लाका सर्वसाधारणलाई आन्दोलनमा सहभागी हुन आह्वान र जागृत गर्ने उद्देश्यका साथ जेठ ८, ९, १० र ११ गते काठमाडौँ उपत्यका जनजागरण यात्रा गर्ने निर्णय गरेको छ।

यस्तै, यात्राको सुरुवात काठमाडौँको साँखुमा जेठ ८ गते गर्ने र जेठ ११ गते चाँगुनारायणमा समापन गर्ने तथा यो यात्राअन्तर्गत काठमाडौँ उपत्यकाका सबै १५ पालिकाभित्रमा महत्वपूर्ण स्थानहरूमा कोण सभाहरू गर्ने बैठकको निर्णय छ।

संयुक्त जनआन्दोलन समितिमा आवद्ध दल, संघसंस्था, अभियन्ताहरुले आपसी समझदारीमा जेठ ७ गतेभित्र जिल्ला, पालिकाहरुमा ‘संयुक्त आन्दोलन समिति’ गठन गर्न आह्वान गर्ने पनि बैठकको निर्णय छ।

यस्तै, जेठ १३ गते बृहत युवा स्वयंसेवक भेला गरिने छ। आन्दोलनमा काठमाडौँ बाहिरका जनताको व्यापक सहभागिता जुटाउने र त्यसका निम्ति अहिलेदेखि नै आवद्ध सबै दल, संघसंसथा र समूहहरूले आवश्यक तयारी गर्ने निर्णय भएको छ। ‘जेठ १५ गते काठमाडौँ जाउँ’ भन्ने नारासहित जनपरिचालन गरिने छ।

बैठकले जेठ १५ गतेदेखि हुने आन्दोलन शान्तिपूर्ण हुने र त्यसको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थालाई आग्रह गर्ने समितिले जनाएको छ।

आजको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेताहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनीलगायत सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?