
धनगढी- कञ्चनपुरमा जीपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका- २ वन्क चौकमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको हो ।
पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र ०१-००१ ज १६८३ नम्बरको बोलेरो जीपले पैदल हिँडिरहेका ५० वर्षीय महेन्द्र विष्टलाई ठक्कर दिएको थियो।
विष्ट सोही ठाउँका स्थानीय बासिन्दा हुन् । जीपको ठक्कर पछि गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि तत्काल निसर्ग अस्पताल, धनगढी पुर्याइएको थियो तर, उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बोलेरो जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।