
काठमाडौँ – राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।
बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन काठमाडौँ प्रहरी परिसरलाई आदेश दिएको थियो।
आदेशअनुसार मिश्रलाई बिहीबार सर्वोच्च लगिएको हो।
मिश्रकी श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
इजलासले बन्दीसहित २४ घण्टाभित्र उनीमाथि अनुसन्धान भइरहेको अभियोगको सक्कल फाइलसहित उपस्थित हुन आदेश दिएको थियो।