माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु

माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु
+
-

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ बैतडीमा शुभारम्भ गरेका छन्।

शुक्रबार बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गरेर अध्यक्ष दाहालले जनजागरण अभियानको शुभारम्भ गरेका हुन्।अभियानको शुभारम्भपछि अध्यक्ष दाहालले पाटनस्थित खुलामञ्चमा आयोजना गरिएको आमसभालाई सम्बोधन गरे।

यसअघि जनजागरण अभियानका लागि बैतडी पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको थियाे।

अध्यक्ष प्रचण्डकाे नेतृत्वमा सुरु भएकाे अभियानमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल लगायत सहभागी छन्।

यसअघि हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ। अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ।

यसलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिने नेताहरुले बताएका छन्। बैतडीको पाटनबाट सुरु भएको अभियान जेठ १० गते कास्की पोखरामा समापन हुने माओवादी केन्द्रले जनाएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?