
काठमाडौँ– बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही आज (शनिबार) बिहान नेपाल आइपुगेकी छिन्। उनी दुबईबाट काठमाडौँ आइपुगेकी हुन्।
नोरा फतेहीले आज साँझ बौद्धस्थित हायात मैदानमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछिन्।
उनको २३ सदस्यीय टोली भने यसअघि शुक्रबार अपराह्न नै काठमाडौँ आइपुगेको आयोजकले जनाएको छ।
नोराको आगमनसँगै उनका नेपाली फ्यानहरू उत्साहित भएका छन्। आज साँझको कार्यक्रममा उनको दमदार नृत्य प्रस्तुति रहने अपेक्षा गरिएको छ।
तस्बिरहरूः