
भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै बौद्धस्थित पाँचतारे हायात होटलको मैदानमा शनिबार राति प्रस्तुति दिएकी छन्।
उनीसँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा लगायतले प्रस्तुति दिएका थिए।
दुबईबाट शनिबार बिहान काठमाडौं उत्रिएकी नोराले बेलुका हायात होटलमा प्रस्तुति दिएकी हुन्।
उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य भने शुक्रबार नै नेपाल आइसकेका थिए ।
शिक्षाबाट बञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ कार्यक्रम आयोजना भएको हो ।
नोरा आइतबार बिहान भारत फर्किने कार्यक्रम छ।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका तस्बिरहरू: