सुदूरपश्चिमकाे वनमन्त्रीमा रामेश्वर चाैधरी

सुदूरपश्चिमकाे वनमन्त्रीमा रामेश्वर चाैधरी
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा रामेश्वर चौधरी नियुक्त भएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्य चौधरीलाई मन्त्री नियुक्त गरेका हुन्।

उनलाई आइतबार नै प्रदेश प्रमुख नजिर मियाँले मन्त्रीको सपथ ग्रहण गराएका छन्। रामेश्वर चाैधरी यसअघि पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएका थिए।

आर्थिक लेनदेनको अडियो काण्डमा मुछिएका नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी पदमुक्त भएपछि वन तथा उद्योग मन्त्री पद रिक्त थियो।

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति सम्मिलित प्रदेश सरकारमा नाउपाको भागमा परेको वन मन्त्रीमा पुनः कसलाई पठाउने भन्ने विषयमा निकै चर्काे विवाद उत्पन्न भएको थियो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई वनमन्त्री बनाउन प्रदेश संसदीय दललाई सिफारिस गर्न निर्देशनात्मक पत्र पठाएकी थिइन्। तर अध्यक्ष चौधरीको निर्देशनपत्रलाई उल्लंघन गर्दै प्रदेश संसदीय दलले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको हो।

सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलमा पार्टी अध्यक्ष श्रेष्ठ पक्ष अल्पमतमा छ। उनका पक्षका दुई जना मात्र छन्। पार्टी संरक्षक रेशमलाल चौधरीको पक्षमा ५ जना रहेका छन्।

नाउपाका प्रदेश सभामा ७ सदस्य छन्। लामो समयदेखि पति रेशम र पत्नी रञ्जिताबीच पार्टी सञ्चालनका सम्बन्ध एकता कायम हुन सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?