कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका

कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका
+
-

नेपालगन्ज– कोहलपुर नगरपालिकाले कृषि पेशामा आवद्ध भएका किसानलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा अनुदान दिन सुरु गरेको छ ।
आर्थिक वर्ष ०८१/०८२ का लागि विनियोजित बजेटबाट १९ वटा मिनिटिलर वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिए ।

सोमबार कोहलपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच वडा नं।१ देखि वडा नं।१५ सम्मका कृषक, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगर प्रमुख पूर्णप्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदीले १९ वटा मिनिटिलर वितरण गरे । ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसान लागतमा मिनिटिलर वितरण गरिएको छ ।

साना सिंचाई प्रवर्धन कार्यक्रम अन्तर्गत ८० वटा पम्पसेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिए । एउटा मिनिटिलरको करिव १९ हजार रुपैयाँ मूल्य पर्छ भने पम्पसेट एउटाको मूल्य ९ हजारको हाराहारीमा पर्दछ । त्यसमा कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको हो ।

मिनिटिलर र पम्पसेट वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका निमित्त किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएको बताए । ‘कोहलपुर नगरपालिकामा किसानको संख्या पनि ठूलो छ उनले भने, ‘ती किसानलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा जोड दिँदै उनीहरुलाई कृषि यान्त्रिकीकरण, विउविजनमा अनुदान तथा प्राविधिक सहयोग नगरपालिकाले गर्दै आएको छ ।’ उनले कोहलपुर नगरपालिकाले किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको पनि बताए । ‘खासगरी साना किसानहरुलाई प्रोत्साहन गर्ने गरी हाम्रा नीति तथा कार्यक्रम र बजेट निर्माण हुने गरेको छ उनले भने, ‘आगामी वर्ष पनि किसानका माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरिने छ ।’

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी पनि किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको बताइन् । उनले कृषि पेशालाई व्यवसायिक बनाउँदै लैजानका निमित्त मागमा आधारित योजनाहरु कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन् । किसानले अनुदानमा प्राप्त कृषि उपकरणले उनीहरुको काममा सहजता थप्ने उनले विश्वास गरिन् ।

भेरी जेष्ठ नागरिक कृषक समूहक अध्यक्ष मोहन रिजालले नगरपालिकाले अनुदानमा कृषि उपकरणहरु उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरे । उनले कृषि पेशालाई व्यवसायिक बनाउनका निमित्त मलविउविजन तथा कृषि उपकरणमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताए । यस्ता सहयोगले साना किसानहरु लाभान्वित हुने उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाले च्याउको विउ तथा खाद्यान्न वालीमा अनुदान दिने गरेको छ । यस्तै साना सिंचाईको संरचना निर्माण गर्ने काम पनि कोहलपुर नगरपालिकाले गर्दै आएको आर्थिक विकास समितिका संयोजक अनिता बुढाक्षेत्रीले जानकारी दिइन् ।

‘कुलो निर्माण, स्यालो ट्युववेल जडान, तरकारी प्रवर्धन कार्यक्रम, वीउ विजन लगायत प्राविधिक सहयोग, मौरी पालन किसानहरुलाई आवश्यक सामग्रीको सहयोग पनि नगरपालिकाबाट हुँदै आएको छ उनले भनिन्, ‘यसले किसानहरुलाई कृषि पेशाप्रति उत्प्रेरित गरेको महसुस हामीलाई भएको छ ।’ चालू आर्थिक वर्षका लागि कृषि विकास शाखाको कुल वजेट एक करोड ४१ लख ५० हजार रहेको छ । त्यसमध्ये निशर्ततर्फ ३० लाख ५० हजार र शसर्ततर्फ एक करोड ११ लाख रुपैयाँ बजेट विनियोजन भइ कार्यान्वयन भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?