
धनगढी- डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।
सोमबार बेलुका अविरल असिना पानी र हावाहुरीले पूर्वीचौकी गाउँपालिका वडा नम्बर- २ बगल्लेक वाडी बस्ने ४० वर्षीया देउमति साउदको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेमा सोही वडाकी बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत अ.न.मि. ३६ वर्षीया अस्मिता ओली विष्ट रहेको प्रहरीले बताएको छ ।
विष्टको दाँया पाखुरामा चोट लागेको छ । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।