हावाहुरीले बझाङमा ठूलो क्षति

हावाहुरीले बझाङमा ठूलो क्षति
+
-

धनगढी- सोमबार बेलुकी अचानक आएको हावाहुरीले बझाङ जिल्लाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

थलारा, केदारस्युँ लगायतका उच्च पहाडी भेगमा हावाहुरीले जस्ताले छाएका घरका छाना उडाउनुका साथै अन्नबालीमा पनि व्यापक क्षति पुर्‍याएको हो ।

हुरीले उडाएको घरको छानो ।

थलारा- १ का स्थानीय बासिन्दा जनक निरौलाले आफू बस्दै आएको घरको जस्ताको छानो उडाएको बताए । उनले हावाहुरीले गहुँ, तरकारी जस्ता मौसमी अन्नबालीमा समेत धेरै क्षति भएको बताए । कतिपय स्थानमा बिजुलीका पोल ढलेको तार चुँडिएको छ ।

स्थानीय तह तथा प्राविधिक निकायहरूले क्षतिको प्रारम्भिक विवरण संकलन सुरु गरिसकेको र सम्भव भएसम्म राहत तथा मर्मत कार्य अगाडि बढाउने तयारी भइरहेको जनाइएको छ।

बझाङ जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका गतिविधि सावधानीपूर्वक गर्न र हावाहुरी अझै पनि जारी रहने सम्भावना भएकाले सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?