सवारीसाधनको ठक्करबाट रतुवा मर्‍यो

सवारीसाधनको ठक्करबाट रतुवा मर्‍यो
+
-

मुग्लिन – पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा सवारी साधनले ठक्कर दिँदा एउटा रतुवा मरेको छ। सबडिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार आज बिहान सडक पार गर्ने क्रममा पहिचान नखुलेको सवारीले ठक्कर दिँदा पोथी रतुवा मरेको हो।

रतुवाको मुख र गर्धनमा चोट लागेको थियो। स्थानीय जनप्रतिनिधि, प्रहरी चौकी कुरिनटार र स्थानीयको रोहबरमा रतुवालाई खाडलमा पुरी व्यवस्थापन गरिएको रेञ्जर सुवेदीले जानकारी दिए। स्थानीय सञ्जय खनालका अनुसार लेवाटार क्षेत्र वरपरका जङ्गलबाट वन्यजन्तु सडक पार गरी पानी खान त्रिशूली नदीतर्फ जाने गर्छन्।

गत आइतबार पनि लेवाटारमै सवारीको ठक्करबाट रुतुवा घाइते भएका थिए। उनका अनुसार केही महिनाको अन्तरालमा लेवाटार आसपासमा तीन वटा मृग सवारीको ठक्करबाट मरेका छन् भने दुई वटा घाइते भएका छन्। सडक वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुका लागि असुरक्षित बनेको छ।

सडक स्तरोन्नतिसँगै कल्भर्टमा माटो थुपारेपछि वन्यजन्तुलाई सडक पार गर्न जोखिम भएको खनालले बताए। खनालले सडक निर्माण कम्पनीलाई कल्भर्टलाई वन्यजन्तु आवतजावतका लागि सहज बनाउन आग्रह गर्दा सुनुवाइ नभएको बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’