
नेपालगन्ज – बाँके प्रहरीले ठूलाे मात्रामा गाजासहित तीन जनालाई पक्राउ गरेकाे छ।
बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ४ लालापूर्वामा नेपालगन्ज-६ का दिपेश चाैरासिया, नेपालगन्ज-१४ का विनय साेनी र नेपालगन्ज-२२ का आदर्श साहनीले गाजाकाे काराेबार गरिरहेकाे सूचना पाएपछि प्रहरी गएकाे थियाे।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार चेकजाँच गर्दा दिपेश चौरासियाको साथबाट ३ किलाे, जिल्ला बाँके डुडुवा गा.पा. ४ लालापूर्वास्थित भागिराम खटिकको (मानिस नबस्ने) घरबाट १०० किलाे र राधे खटिकको (मानिस नबस्ने)घरबाट ११ किलाे गरी १ सय १४ किलाे गाजा बरामद भएकाे छ।
नेपालकाे पहाडी जिल्लामा उत्पादन हुने गाजा नेपालगन्ज हुँदै भारत लैजाने गरिन्छ। बाँके प्रहरीले पक्राउ परेका व्यक्तिकाबारेमा अनुसन्धान भइरहेकाे जनाएकाे छ।