दाङका वन क्षेत्रमा ७ वटा वयस्क बाघ फेला, ओहोरदोहोर मार्ग सुरक्षाका लागि अन्तरसरकारी समन्वय आवश्यक

दाङका वन क्षेत्रमा ७ वटा वयस्क बाघ फेला, ओहोरदोहोर मार्ग सुरक्षाका लागि अन्तरसरकारी समन्वय आवश्यक
+
-

दाङ – जिल्लाका विभिन्न वन क्षेत्रमा ७ वटा वयस्क बाघ फेला परेका छन्। तीमध्ये १ भाले, २ पोथी र ४ वटा लिङ्ग पहिचान नभएका वयस्क बाघ विभिन्न २३ स्थानमा जडान गरिएका क्यामेरामा कैद भएका हुन्।

यस सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन निर्देशनालयको मार्गदर्शनमा २०८१ साल मंसिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएको थियो। ४० दिनसम्म सञ्चालन भएको सो अभियान अन्तर्गत २ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइ भएका १०९ वटा ग्रिडहरूमा क्यामेरा जडान गरिई ४३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको हो।

उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाभित्र रहेका चार वटा स्थानीय तह घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिका भित्रका वन क्षेत्रलाई समेटेको थियो।

सर्वेक्षण कार्यका लागि डिभिजन वन कार्यालयका ८ जना कर्मचारी, ८ जना स्थानीय नागरिक तथा १६ जना नागरिक अनुसन्धानकर्ता परिचालित गरी ८ वटा टोली बनाईएको थियो।

हाल संकलित तथ्याङ्कहरूको विश्लेषण कार्य जारी छ भने विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ।

यससँगै, मध्य तराई भू९परिधि क्षेत्रभित्र सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पनि पूरा भएको छ। दाङ, अर्घाखाँची र कपिलवस्तु जिल्लाका चार वटा डिभिजन वन कार्यालयहरूको समन्वयमा सम्पन्न उक्त अध्ययनमा हालसम्म जम्मा १० वटा वयस्क बाघ अभिलेख गरिएको छ।

प्रारम्भिक अध्ययन अनुसार ती बाघहरू बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु अभयारण्य क्षेत्रबाट कम्दी जैविक मार्ग हुँदै नेपाल भित्र प्रवेश गरिरहेको हुन सक्ने देखिएको छ। यो तथ्यले सीमावर्ती क्षेत्रहरूमा वन्यजन्तु संरक्षणका लागि अन्तरसरकारी तथा अन्तरसंस्थागत समन्वय अझ प्रभावकारी रूपमा आवश्यक रहेको संकेत दिएको छ।

बाघहरूको उपस्थिति नेपाल सरकारले सञ्चालन गरेका दीर्घकालीन वन्यजन्तु संरक्षण प्रयासहरूको सकारात्मक परिणामको रूपमा लिइएको छ। वन तथा भू९संरक्षण विभाग र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा डब्लु डब्लु एफ नेपालले मध्य तराई भूपरिधि संरक्षण रणनीति तथा कार्ययोजना कार्यान्वयनमा निरन्तर सहयोग गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?