देशभर लागुऔषधको समस्या विकराल, प्रहरीद्वारा रचनात्मक सहयोगको आपिल

देशभर लागुऔषधको समस्या विकराल, प्रहरीद्वारा रचनात्मक सहयोगको आपिल
+
-

काठमाडौँ – प्रहरीले लागुऔषध देशको साझा समस्याको रुपमा आएको भन्दै न्यूनीकरणका लागि आवश्यक कदम चाल्नु पर्ने बताएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागुऔषधको समस्या विकराल बन्दै गएको बताएका हुन्।

उनले नेपालको साझा समस्या भनेकै लागुऔषध रहेको र समाज लागुऔषधको समस्याका कारण आक्रान्त बनेको बताए। उनले युवाहरु लागुऔषधको दुर्व्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगिरहेको उल्लेख गरे।

मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्वका रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुर्व्यसनको शिकार हुनु दुःखद् भएको बताए। सबैले लागुऔषध दुर्व्यसनीविरुद्ध कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए।

‘सबैले लागुऔषध दुर्व्यसनीको विरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ। यसबाट आक्रान्त करिव ८० प्रतिशत युवाहरू रहेका छन्। यसले लागुऔषधको दुर्व्यसनीले युवा पिँढीको भविष्य अन्त्य गरेको छ। यसले ठूलो धनराशी नेपालबाहिर गएको छ। यसमा नेपाल प्रहरीलाई रचनात्मक सहयोग गर्नुपर्छ,’ उनले भने।

यस्तै, उनले नेपाल प्रहरीमा १८ हजार थप दबरन्दी आवश्यक रहेको बताए। नेपाल प्रहरीको आफ्नै कार्यालय भवन नभएको प्रहरी इकाइ ७ सय ९१ वटा रहेको जानकारी दिए। उनले २७ हजार ७ सय ८८ जनशक्ति आवश्यक रहेको बताए।

नेपाल प्रहरीले २४ घण्टामा ४ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९ स्थानमा, पिकेट १ हजार १ सय ६८ वटा हुने गरेको जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?