सुदूरपश्चिम प्रदेश सभा बैठकअघि मुख्यमन्त्री शाहले राखे सर्वदलीय बैठक

सुदूरपश्चिम प्रदेश सभा बैठकअघि मुख्यमन्त्री शाहले राखे सर्वदलीय बैठक
+
-

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको बैठकको पूर्वसन्ध्यामा मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक गरेका छन्। शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा बसेको बैठकमा प्रमुख विपक्षी दल र सत्तारुढ दलका नेताहरूको सहभागिता थियो।

बैठकमा संसदलाई नियमित रूपमा सुचारु गर्ने, आगामी अधिवेशनबाट नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा छलफल भएको थियो। मुख्यमन्त्री शाहले संसदलाई प्रभावकारी बनाउने र नागरिकका समस्या समाधान गर्ने गरी परिणाममुखी नतिजा दिन सरकार प्रतिबद्ध रहेको भन्दै रचनात्मक सुझाव दिन आग्रह गरे।

उनले चालु आर्थिक वर्षमा भएका समस्याहरूलाई सुधार गर्दै विकास खर्चलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार लागि परेको बताए। बैठकमा उपस्थित प्रमुख विपक्षी दल र सत्तारुढ दलका नेताहरूले सरकारलाई आफ्ना सुझावहरू दिएका थिए।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेबाट सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन्। यसअघि प्रतिपक्षको अवरोधका कारण हिउँदे अधिवेशनमा प्रदेश सभा बैठक चल्न सकेको थिएन। प्रतिपक्षले अझै पनि आफ्ना माग सुनुवाइ नभएसम्म बैठक चल्न नदिने बताइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?