
धनगढी – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीले जुनसुकै अभियान चलाए पनि त्यो प्रचण्डकाे सत्ताबाट हटाएकाे राेदन मात्र भएकाे बताएका छन्। उनले प्रचण्डकाे ध्यान सत्तामा मात्रै केन्द्रित रहेकाे बताए।
उनले राेजगारी, सुशासन अहिलेकाे मुख्य समस्या रहेकाे र यसलाई समाधान गर्नु मुख्य चुनाैती र दायित्व रहेकाे बताए। अहिलेकाे अस्थिरताकाे कारण पूर्वराजा नभई गणतन्त्रवादी नेता नै रहेकाे उनकाे भनाइ छ।
साेमबार धनगढीमा एकीकृत समाजवादी कैलालीकाे विस्तारित बैठकलाई सम्बाेधन गर्दै भुसालले प्रचण्डले झ्यालबाट भए पनि सत्तामा झिर्ने बाटाे खाेजिरहेका बताए।
उनले भने, ‘प्रचण्ड विभिन्न अभियानका नाममा देशका विभिन्न ठाउँमा पुगिरहेका छन्, सत्ता गठबन्धनमा केही समस्या देखियाे कि सरकार एक दुई दिनमा ढल्छ भन्दै अभियान स्थगित गरेर काठमाडौँ पुग्छन्। उनकाे ध्यान पुरै सत्तामा छ।
महासचिव घनश्याम भुसालले नेपाली कांग्रेस र नेकपा एमालेकाे वर्तमान गठबन्धन सत्ताकाे दाेहाेनका लागि बनेकाे बताए।
उनले भने, ‘बाहिर याे गठबन्धनकाे उद्देश्य संविधान संशाेधन, स्थिरता भनिए पनि खासमा सत्ता दाेहनका लागि नै हाे। अहिले देखिएकाे गृहमन्त्री काण्ड लक्षण मात्र हाे। यस्ता काण्ड त दिनैपिच्छे हुने गरेका छन्।’
उनले नेकपा कालमा देउवालाई फिराैती दिएर पनि संविधान जाेगाएकाे बताए। त्यतिबेला कांग्रेसले कुर्ची पाउने भएपछि मात्र संविधानका पक्षमा बोलेकाे उनकाे दाबी छ। भुसालले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा ओलीका लागि मन्त्र बनेकाे तर त्यसकाे मर्म उनलाई थाहा नभएकाे बताए।
उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली नारा तत्कालीन नेकपा एमालेकाे नवाैं महाअधिवेशनमा हामीले ल्याएका हाैँ, ओलीलाई थाहै थिएन तर अहिले ओलीले त्यसैलाई मन्त्र बनाएका छन्।’
नेकपा एकीकृत समाजवादी गठनपछि आन्दाेलनमा जान नसकेका कारण बलियाे पार्टी बन्न नसकेकाे बताउँदै भुसालले अब आन्दाेलनकाे विकल्प नरहेकाे उल्लेख गरे। तर उनले अबकाे आन्दाेलन जनताका हक अधिकारका पक्षमा हुनुपर्ने बताए।