
काठमाडौँ- भिजिट भिसा प्रकरणले संसद्मा हंगामा भएको छ। मंगलबार बसेको संसद् बैठकमा गृहमन्त्रीसमेत भिजिट भिसा प्रकणमा जोडिएको भन्दै प्रतिपक्षी दलहरूले उनको राजीनामा माग गरे।
लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै संसद्मा प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ।
संसद्मा माओवादी सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोलेपछि कांग्रेसका प्रमुख सचेतक श्याककुमार घिमिरेलाई बोल्न समय दिएका थिए।
तर प्रतिपक्षी दलहरूले उनलाई बोल्न नदिएर होहल्ला गरेपछि संसद् बैठक स्थगित भएको हो।
थप तस्बिरहरू: