पूर्व पतिद्वारा पूर्व पत्नी र उनका दुई छाेरीकाे हत्या, नियन्त्रणमा लिएर अनुसन्धान जारी

पूर्व पतिद्वारा पूर्व पत्नी र उनका दुई छाेरीकाे हत्या, नियन्त्रणमा लिएर अनुसन्धान जारी
+
-

दाङ- बुटवलको कालिकानगर होराइजन चोकस्थित मिलिजुली पथमा एक महिला र दुई बालिकाको हत्या गरेकाे अभियाेगमा एक युवक पक्राउ परेका छन्।

बुटवलको कालिकानगरमा घर भएका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्व पत्नी दिपा बस्याल र उनका दुई छोरीहरूको बिभत्स हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

मृतक दिपा सुजनसँग सम्वन्ध बिच्छेद गरेर पाल्पाका शंकर ढकालसँग विवाह गरेकी थिइन् । मृतक दुई बालिका शंकर ढकाल र दिपा बस्यालका हुन् । मृतक बालिकाहरू ७ वर्षीय स्नेहा ढकाल र ४ वर्षीय हिमान ढकाल रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न सुजन कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

सम्वन्ध बिच्छेद भइ अर्कैसँग विवाह गरी गएकी पूर्व श्रीमतीलाई घरमा बोलाएका थिए । बिहान पख चक्कु र घनले हानेर हत्या देखिएको प्रहरी नायव उपरीक्षक रानाले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएकाे छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?