
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ।
शुक्रबार साँझ ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न बिहीबार राति मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।
राति ११ बजेसम्म बैठक चले पनि नीति तथा कार्यक्रमको मस्यौदामा केही संशोधन गर्नुपर्ने भएकाले सो बैठकबाट स्वीकृत हुन सकेन।
मुख्यमन्त्री शाहले नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएर आजै प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी गरेका छन्।