हुम्लामा मानसरोवर नमूना मावि उत्कृष्ट, प्रदेश स्तरीय प्रतियोगितामा छनोट

हुम्लामा मानसरोवर नमूना मावि उत्कृष्ट, प्रदेश स्तरीय प्रतियोगितामा छनोट
+
-

हुम्ला– जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा सिमकोट गाउँपालिकाको मानसरोवर नमूना माध्यमिक विद्यालय उत्कृष्ट ठहरिएको छ। मावि स्तरीय सो कार्यक्रममा मानसरोवर नमूना माविले सबैभन्दा बढी अंक ल्याएर पहिलो स्थान हासिल गरेको हो।

आयोजक सामाजिक विकास कार्यालयका हर्क बस्नेतका अनुसार, जिल्लाका सात वटा माविलाई उछिन्दै मानसरोवर माविले उत्कृष्ट प्रदर्शन गरेको हो। उक्त विद्यालयले कार्वन्डाई अक्साईट रहित उद्योग निर्माण गरेर सञ्चालन गरेको थियो।

प्रतियोगितामा खार्पुनाथ गाउँपालिका–४ को सिता मावि द्वितीय स्थान हासिल गर्न सफल भयो। सो विद्यालयले ज्वालामुखी विष्फोट तयार पारेर प्रदर्शनी गरेको थियो। त्यसैगरी, सिमकोट गाउँपालिकाको कैलाश मावि तृतीय स्थानमा आयो, जसले प्रोजेक्टर निर्माण गरेर प्रस्तुति दिएको थियो।

उत्कृष्ट तीन वटा विद्यालयलाई क्रमशः नौ हजार, सात हजार र पाँच हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट ठहरिएको मानसरोवर माविका विद्यार्थीहरूले आफ्नो कला लिएर आगामी जेठ २४ गते हुने कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन्।

कार्यक्रममा रामदेव मावि, बालमन्दिर मावि, सैपाल मावि र अदानचुली गाउँपालिकाको सल्लाघारी माविको पनि सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?