
काठमाडौँ – राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित राजसंस्था पक्षधरहरूले तेस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन्।
आन्दोलनको पहिलो दिन बिहीबार रत्नपार्कमा प्रदर्शन गरेका उनीहरूले दोस्रो दिन शुक्रबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए।
तेस्रो दिन शनिबार दरबारमार्गमा प्रदर्शन गर्ने उनीहरूले घोषणा गरेका थिए। तर, सरकारले दरबारमार्ग आसपास निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरूले शान्तिबाटिका, घण्टाघर क्षेत्रमा प्रदर्शन गरेका हुन्। त्यसक्रममा केही आन्दोलनकारीहरू निषेधित क्षेत्रतर्फ जान खोज्दा प्रहरीले धरपकड गरेको थियो।
त्यसपछि राजसंस्था पक्षधरको र्याली शान्तिबाटिकाबाट खुर्सानीटारसम्म पुगेको थियो।