
काठमाडौं- केही घन्टाको प्रहरी नियन्त्रणबाट छुटेलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दिपक सिंह धुम्बाराहीस्थित राप्रपा कार्यालय पुगेका छन्।
राप्रपा कार्यालयमा उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए।
नारायणचौरमा राजसंस्था पक्षधरको प्रदर्शनबाट पक्राउ परेका राप्रपा अध्यक्ष कमल थापालाई भेट्न पुगेका सिंहलाई समेत प्रहरीले पक्राउ गरेको थियोऽ
प्रहरी परिसर भद्रकालीबाट रिहा भएलगत्तै उनीहरू राप्रपा कार्यालय पुगे।
तस्बिरहरू: