दिवंगत राजपरिवारको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा वाइसिएलद्वारा ढुंगा प्रहार (तस्बिरसहित)

दिवंगत राजपरिवारको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा वाइसिएलद्वारा ढुंगा प्रहार (तस्बिरसहित)
+
-

काठमाडौँ – दिवंगत राजपरिवारका सदस्यको सम्झनामा कमलादीस्थित गणेश मन्दिरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)का कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्।

पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरूले दिवंगत राजपरिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै दीप प्रज्वलन गरिरहँदा वाइसिएलका कार्यकर्ताले ढुंगा हानेका हुन्।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा वाइसिएलको कार्यक्रम थियो। उनीहरूले त्यहीँबाट राजसंस्थाविरुद्ध ‘रैती रैती’ भन्दै नाराबाजी गर्दै ढुंगा प्रहार गरेका हुन्।

वाइसिएलले दीप प्रज्वलन कार्यक्रममा ‘गणतन्त्र मुर्दावाद’को नारा लागेपछि ढुंगा प्रहार गरेको दाबी गरे पनि त्यहाँ त्यस्तो कुनै नारा नलागेको प्रत्यक्षदर्शीले बताएका छन्। दीप प्रज्वलनमा सहभागीले ‘राजा वीरेन्द्र अमर रहून्’ भन्ने नारा लगाएका थिए।

ढुंगा प्रहार गरेपछि वाइसिएका कार्यकर्तालाई प्रहरीले प्रज्ञा भवनभित्रै रोकेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?