वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकासः परराष्ट्रमन्त्री

वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकासः परराष्ट्रमन्त्री
+
-

धनगढी – परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले विकास र लगनाीका लागि शान्ती र स्थिरता आवश्यक रहेको बताएकी छन। उनले सरकार विकास र आर्थिक समृद्धि हासिल गर्न क्रियाशील रहेको बताइन्।

बुधबार धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन गर्दै मन्त्री राणाले सुशासन, राजनैतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार गठन भएको र त्यसका लागि प्रमुख दुई दल काँग्रेस र एमाले प्रतिबद्ध रहेको बताईन्।

सुदूरपश्चिम प्रदेशमा विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मन्त्री राणाले लगानी सम्मेलनले जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानीको वातावरण सृजना गर्ने बताईन। उनले एकीकृत विकास प्रणालीको विकास गरि अघि बढ्नु पर्ने बताईन्।

सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विकासको प्रतिफल आउने गरि लगानी प्रवाह गरिनु पर्ने बताए। उनले सुदूरपश्चिममा आन्तरिक र बाह्य लगानी भित्रयाउन सम्मेलनले सहयोग पुर्‍याउने बताए।

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पर्यटन विकासलाई वन क्षेत्रसँग जोडेर लैजानु पर्ने बताए। उनले आफू त्यसैतर्फ केन्द्रित भएर अघि बढिरहेको बताए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागिएको बताए। त्यसैको लागि तयारी सम्मेलन गरिएको उनको भनाई छ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजित तयारी सम्मेलनमा प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य, दातृ निकायका प्रतिनिधि, लगानी बोर्ड तथा नीति तथा योजना आयोगका पदाधिकारी, सरोकारवाला निकाय, विज्ञ लगायतको सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?