प्लास्टिक प्रदूषण अन्त्यका लागि सबै एकजुट हुनुपर्छः मुख्यमन्त्री आचार्य

प्लास्टिक प्रदूषण अन्त्यका लागि सबै एकजुट हुनुपर्छः मुख्यमन्त्री आचार्य
+
-

दाङ–विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्लास्टिक प्रदूषण अन्त्य गर्दै स्वच्छ वातावरण निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

मुख्यमन्त्री आचार्यले बिहीबार जारी गरेको शुभकामना सन्देशमार्फत विज्ञानको प्रगतिको उपजका रूपमा उत्पादित प्लास्टिकको अनियन्त्रित प्रयोगले वातावरणमा गम्भीर समस्या निम्त्याएको उल्लेख गर्दै प्लास्टिकजन्य फोहोरले माटो, जल, वनस्पति र जीवजन्तुहरूमा प्रत्यक्ष असर पारिरहेको बताएका हुन् ।

‘प्लास्टिक प्रदूषणको अन्त्य गरौं’ भन्ने नारासहित मनाइँदै गरेको यस वर्षको वातावरण दिवसले नागरिकलाई वातावरणप्रति थप जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले वातावरणीय सन्तुलन कायम राख्ने नीतिहरू निर्माण गरी कार्यान्वयन गरिरहेको जानकारी गराएका छन् ।

उनले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न अनुकुलन योजना अघि बढाइएको उल्लेख गर्दै प्लास्टिकको प्रयोग घटाउने, पुनः प्रयोगलाई प्रोत्साहन गर्ने र दिगो जीवनशैली अपनाउने अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री आचार्यले संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई व्यवहारमा उतार्न सबै नागरिक सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए।

उनले सबै निकायहरुसंगको सहकार्यबाट मात्रै वातावरणीय लक्ष्यहरू हासिल गर्न सकिने भन्दै जैविक विविधताले भरिपूर्ण लुम्बिनी प्रदेशमा दिगो विकासको आधारमा वातावरण संरक्षण गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?