बेहडाबाबामा दर्शनार्थीको घुइँचो

बेहडाबाबामा दर्शनार्थीको घुइँचो
+
-

कैलाली – धार्मिक आस्थाको केन्द्रका रूपमा मानिँदै आएको धनगढी–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा आज दर्शनार्थीको घुइँचो लागेको छ।

बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि गएराति १२ बजेदेखि श्रद्धालु भक्तजन आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए। उनका अनुसार कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न जिल्लाका भक्तजन यहाँ दर्शनका लागि आएका छन्।

‘यो मन्दिरले आफ्नै इतिहास बोकेकाले यसको महत्त्व सुदूरपश्चिम प्रदेशमा अत्यधिक छ। बेहडाबाबा सुदूरपश्चिमको मात्रै नभइ देशकै धरोहरका रूपमा परिचित छ। परापूर्वकालमा यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ। यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ,’ अध्यक्ष चन्दले भने।

उनका अनुसार मन्दिर दर्शन गर्नाले सन्तान नहुनेलाई सन्तान सुख प्राप्त हुने, सङ्कटमोचन हुने, शक्ति प्राप्त हुने धार्मिक विश्वस रहिआएको छ।

यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तालुको सहजताका लागि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडानलगायत पूर्वाधार व्यवस्थापन गरेको आयोजक व्यवस्थापन समितिले जनाएको छ। छिमेकी मुलुक भारतबाट समेत हजारौँ दर्शनार्थी आज यहाँ आएका अध्यक्ष चन्दले जानकारी दिए।

उनका अनुसार बेहडाबाबा मन्दिरको दर्शन गर्नाले मनमा शान्ति प्राप्त हुनुका साथै मनोकाङ्क्षा पुग्ने हुँदा पनि यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन्।

‘आफूहरूले उत्पादन गरेको अन्न यहाँ दान गर्ने गरेका छन्। मन्दिर व्यवस्थापन समितिका अनुसार तीन देखि पाँच लाखको हाराहारीमा भक्तालुले पूजा गर्ने अनुमान गरिएको छ,’ उनले भने।

मन्दिर परिसर नजिकै मेलाको पनि आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मेलामा यहाँका नेपालीका साथै भारतका व्यवसायीले पनि केही दिनदेखि विभिन्न पसल सञ्चालन गरिरहेका छन्।

धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले विभिन्न चाडपर्वजस्तै गङ्गादशहरा पनि यहाँको महत्त्वपूर्ण चाड मानिँदै आएकाले उपमहानगरले आज यहाँ सार्वजनिक बिदा दिएको जानकारी दिए। उनका अनुसार उपमहानगरले बेहडाबाबामा आउने भक्तजनको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको छ।

नगरप्रमुख हमालले गएराति १२ बजेदेखि आज साँझ ६ बजेसम्म निःशुल्क बस सञ्चालन गरिएको जनाउँदै मेलाको अवसर पारेर विभिन्न सामाजिक सङ्घसस्थाले निःशुल्क खाना तथा भण्डारा र खानेपानीको व्यवस्था गरिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?