गौरीफन्टा नाकामा पुगिन् परराष्ट्रमन्त्री डा आरजु राणा

गौरीफन्टा नाकामा पुगिन् परराष्ट्रमन्त्री डा आरजु राणा
+
-

धनगढी – तीन दिनदेखि कैलालीमा रहेकी परराष्ट्र मन्त्री डा आरजु देउवा राणा विहिवार नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा नाका पुगेकी छन्। नाकामा पुगेकी मन्त्री राणाले सिमा क्षेत्रको भौतिक अवस्था संगै त्यहाँ कार्यरत कर्मचारी सुरक्षाकर्मीका गुनासा र सुझाब लिइन्।

उनीहरुका सुझाब र स्थलगत सीमा नाकाको अनुगमनपछि मन्त्री राणाले सीमा नाकालाई व्यवस्थित गर्न पहल गर्ने बताइन्। गौरीफन्टा नाका भएर दैनिक सयौ सुदूरपश्चिमेलीहरु भारत तथा नेपाल आउजाउ गर्ने गर्दछन्। नाका व्यवस्थित नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको स्थानियको गुनासो सुनेपछि परराष्ट्रमन्त्री राणाले धनगढी आफ्नो निर्वाचन क्षेत्र भएको र यहाँको सीमा क्षेत्र व्यवस्थित बनाउनका लागि के के गर्नुपर्छ यथाशीघ्र लेखेर पठाउन भन्सार प्रमुख अनन्तराज तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिईन।

अनुगमनकै क्रममा परराष्ट्रमन्त्री राणाले भनिन, ‘यो सडक थोत्रो भयो, सीमा क्षेत्रमा हामीले राम्रो सडक बनाउनुपर्छ, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो छवी जान्छ। यसका लागि म पहल गर्छु। उनले भारतले प्रतिवद्धता गरे अनुसार सडक सुधार गरेको र नेपालतर्फको सडकको हालत उस्तै रहेकाले सुधार गर्नुपर्नेमा जोड दिइन्।

भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्कने नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएकाले उनले निर्माण भएका क्वारेन्टाइनलाई तुरुन्तै व्यवस्थित गर्न पनि जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिईन। उनले अनुगमनका क्रममा स्वास्थ्य चेकजाँचलाई समेत नियमित गर्नुपर्ने बताइन।
गौरीफन्टा नाका व्यवस्थित गर्नसके धनगढी मात्रै नभई समग्र सुदूरपश्चिमकै विकासमा टेवा पुग्ने परराष्ट्रमन्त्री राणाको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?