हिसाव राख्न सिकाउँदै ‘सामी’

हिसाव राख्न सिकाउँदै ‘सामी’
+
-

नेपालगन्ज – सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई आम्दानी र खर्चको लेखाजोखा राख्न सिकाइरहेको छ । सामीले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत हिसाव राख्न सिकाइरहेको हो ।

विदेशमा रहेका आफन्तीले पठाएको रकमको हिसाव देखाउन नसक्दा कलहमात्रै होइन, अपराधसम्म हुने गरेको छ । सामीका जिल्ला कार्यक्रम संयोजक कमलसिंह नेपालीले वित्तीय साक्षरता कक्षाको तालिम लिएकाहरुले हिसाव दुरुस्त राख्न थालेपछि परिवारमा असमझदारी हटेको बताए । उनका अनुसार, जिल्लामा एक हजार ८ सय ५० जनालाई तालिम दिइएको छ ।

बाँकेमा ६ वटा पालिकामा सामी पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन रहेको छ । आगामी वर्षदेखि डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाले पनि कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

बैदेशिक रोजगारीमा घरघरबाट गएका छन् । विदेशबाट घरमा पैसा पठाउँछन् । यहाँकाले आवश्यताका आधारमा खर्च गर्छन् । त्यो पैसालाई कसरी खर्च गर्नेदेखि हिसाव राख्न सामीले सिकाउने गरेको छ ।

सामीले विदेश जानेलाई सूचना तथा परामर्श दिने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा १४ हजार १ सय ५० जनालाई परामर्श दिइएको छ । निशुल्क कानूनी सहायताका लागि एक सय ३ वटा उजुरी आएका छन् । त्यसमध्येमा ४२ वटा समाधान गरिएको छ । गाउँ–गाउँमा मनोसामाजिक समस्या बढ्दो रहेको छ । सामीले ५ सय १६ जनालाई मनोसामाजिक परामर्श दिएको छ ।

विदेश जानेको संख्या दिन प्रतिदिन बढ्दो रहेको छ । यो आर्थिक वर्षमा लुम्बिनी प्रदेशबाट एक लाख ३० हजार ५ सय ८१ जना विदेश गएका छन् । बाँके जिल्लाबाट दश हजार १ सय ८७ जना विदेश गएको तथ्यांक रहेको छ । विदेश गएका व्यक्तिले पठाएको रकमले कुल जीडीपीमा २५ प्रतिशत ओगटेको छ । बैदेशिक रोजगार विभागको तथ्यांकले विदेशबाट आएको रकममध्ये ७२ प्रतिशतबढी दैनिक उपभोग्य बस्तुमा खर्च भइरहेको देखाएको छ । १.९ प्रतिशत बचत हुने गरेको छ । बैदेशिक रोजगारको प्रभावले सामाजिक जीवन भड्किलो छ । आन्तरिक बसाईसराईमा बृद्धि भएको छ । बालबालिका, बृद्धबृद्धामा मनोसामाजिक असर परेको छ । जग्गा बाँझो हुन थालेका छन् । मानव तस्करको चलखेल बढेको सम्बद्धको भनाइ छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?