अमेरिकामा गोली लागेको अवस्थामा दुई बालबालिकासहित ४ नेपाली मृत भेटिए

अमेरिकामा गोली लागेको अवस्थामा दुई बालबालिकासहित ४ नेपाली मृत भेटिए
+
-

अमेरिकाको भर्जिनियास्थित मनाससको एक घरमा गोली लागेर मृत्यु भएको अवस्थामा चार नेपालीको शव भेटिएको त्यहाँको प्रहरीले जनाएको छ।

मनाससपार्क प्रहरीका अनुसार एक घरको भुँइ तलामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेको जनाएको छ।

स्थानीय समय अनुसार बिहीबार राति १०:४० बजे घरधनीले प्रहरीलाई खबर गरेर आफ्नो घरको भुँइतलामा बस्ने ब्यक्तिहरुको अवस्था बुझ्न अनुरोध गरेका थिए।

त्यसपछि घटनास्थल पुग्दा प्रहरीले चार जनालाई मृत अवस्थामा फेला पारेको जनाएको छ। मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेका प्रहरीले विज्ञप्तिमा जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको प्रहरीले जनाएको छ। प्रहरीले यो घटनालाई आत्महत्या हो या हत्या हो भनेर अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थलमा प्रहरीले एक बन्दुक पनि फेला पारेको जनाएको छ।

अनुसन्धान जारी रहेको प्रहरीले विज्ञप्तिमा जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’