बाम्का बजार आगलागी: ८ कराेड बढीको क्षति, पुगेन राहत

बाम्का बजार आगलागी: ८ कराेड बढीको क्षति, पुगेन राहत
+
-

धनगढी– बाजुराको बाम्का बजारमा भएको आगलागिबाट रु ८ करोड बढीको क्षति भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं सूचनाअधिकारी देवबहादुर चौधरीकाअनुसार आगलागीबाट बजारका ३५ पसलहरू जल्दा करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीमा सबैभन्दा धेरै योगनाथ न्यौपानेको किराना पसलमा एक करोड ८० लाख रुपैयाँको क्षति भएको छ।

त्यसैगरी तोयानाथ न्यौपाने, छत्र थापा र धनबहादुर साउँदका पसलमा पनि एक करोड ५० लाख रुपैयाँको क्षति भएको छ। अन्य बढी प्रभावितहरूमा दिपक साउँद, रामु अयडी, तुल कटुवाल, उद्धव थापा लगायत रहेका छन्।

शुक्रबार दिउसाे ४ बजे नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर सुरु भएकाे आगलागी बेलुका झण्डै ७ बजेमात्र नियन्त्रणमा आएकाे थियाे।

दमकल नहुँदा आगलागी नियन्त्रणमा समय लागेकाे प्रहरीले जनाएकाे छ।

प्रदेश सरकार गुहार्दै पीडित

आगलागी लगत्तै पूर्व प्रदेश प्रमुख देवराज जाेशी, पूर्व सहायक मन्त्री जनकराज गिरी, प्रदेश सभा सदस्य पदम बहादुर शाही लगायत जनप्रतिनिधिले धनगढी स्थित सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय पुगेर घटनाकाे बारेमा जानकारी गराएका थिए।

बाजुराकाे टाेलीले ध्यानाकर्षण गराए लगत्तै मुख्यमन्त्री कमल बहादुर शाहले शनिबार बिहानसम्म प्रदेश सरकारले गर्ने सक्ने सहयाेग र राहत घाेषणा गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए।

तर शनिबार दिउँसाेसम्म प्रदेश सरकारले कुनै राहात सामग्री पठाएको छैन। प्रदेश सरकारले राहत घोषणासमेत गरेको छैन।

मुख्यमन्त्री कमल बहादुर शाहलाई राहत माग गर्दै जनप्रतिनिधि

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?