
दाङ- दाङमा यात्रु बाहक बस दुर्घटनामा परेको छ । दंगीशरण गाउँपालिका- २ कौवाघारीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका- १३ बखरियामा दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको बस आइतवार विहान करिव पौने ११ बजेतिर दुर्घटनामा परेको थियो । बस दुर्घटनामा २५ जना जति यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
स्कूल बसलाई साइट दिने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
बसमा रहेका ३० जना यात्रु मध्ये करिब २५ जना घाइते भएको र घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरी निरीक्षक रानाले बताइ ।
घटनाको पूरा विवरण आउन बाँकी रहेको छ ।