नेपालगन्जमा रैथाने खाना महोत्सव

नेपालगन्जमा रैथाने खाना महोत्सव
+
-

नेपालगन्ज – नेपालगन्जको त्रिभुवनचोकमा रैथाने खाना प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ। पहिलो पटक आयोजना गरिएको दुई दिने रैथाने खाना महोत्सवमा यहाँको सबैजसो रैथाने खानाको स्टल नभएपनि चाट, पानीपुरी, सेलरोटी, जुस, मस्म, चाउमिनका स्टल छन्। नेपालगन्जको रैथाने खानामा दही–रावडी, बिरयानी, कबाब, छोले –भटोरे, हलुवा–पराठालगायत पर्छन्।

यी खानाका स्टल महोत्सवमा भित्र नै नभए पनि आसपासमा सधै हुने गर्दछन्। पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग बाणिज्य संघलगायतको सहकार्यमा नाट्टा बाँकेले रैखाने खाना प्रवर्द्धन कार्यक्रम गरेको हो।

नेपालगन्जका मेयर प्रशान्त विष्टले यसप्रकारको महोत्सवले रैथाने खानाको प्रचारसँगै नेपालगन्जमा पर्यटन तान्न प्रभावकारी हुने बताए। नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जलाई चलायमान गराउने एउटा प्रयास गरिएको बताए।

संघीता कार्यान्वयन अघि गुल्जार रहेको नेपालगन्ज बजार सुक्दै गएको छ। नेपालगन्ज बजारलाई पुरानो अवस्थामा फर्काउन सबैको हातेमालो आवश्यक रहेको नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले बताए। बेलुका ५ देखि राति ११ बजेसम्म लाग्ने रैथाने खाना महोत्सव आज समापन हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?