राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीबाट ११३ सदस्यीय टोली सहभागी हुँदै

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीबाट ११३ सदस्यीय टोली सहभागी हुँदै
+
-

दाङ – लुम्बिनी प्रदेशबाट १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षक गरी ११३ जनाले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरूलाई लुम्बिनी प्रदेश सरकारले बिदाइ गरेको छ।

लुम्बिनी प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सोमबार देउखुरीमा आयोजित एक कार्यक्रमका बीच प्रतियोगितामा भाग लिने टोलीलाई बिदाइ गरेका हुन्।

भलिबल, उसु, कराँते, तेक्वान्दो, कबड्डी र एथ्लेटिक्स गरी ६ विधामा प्रतिस्पर्धा गर्ने ९८ जना खेलाडी र १३ जना प्रशिक्षकलाई बिदाइ गरिएको हो।

यसअघि लुम्बिनीले ११ औँ, १२ औँ र १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो। १४ औँ संस्करणको उपाधि भने सुदूरपश्चिम प्रदेशले जितेको थियो। १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता काठमाडौँमा यही जेठ २८ गतेदेखि सुरु हुँदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?