नेपालगन्जमा प्रथम नगर माविस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

नेपालगन्जमा प्रथम नगर माविस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु
+
-

नेपालगन्ज – नेपालगन्जमा आजदेखि प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। पूर्व खेलाडी समाज, बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता सञ्चालनमा आएको हो ।

आज बिहान भएको उद्घाटन खेलमा पुरुषतर्फ युनाइटेड स्कुलले सगरमाथालाई १९-२५, २५-२३ र २५-१६ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गरेको छ। त्यस्तै दोस्रो खेलमा धम्बोजी माविले महेन्द्र माविलाई २५-१६, २५-१० को सोझो दुई सेटले पराजित गर्न सफल भयो भने तेस्रो खेलमा एनएमएले पशुपती मावि राँझालाई २६-२४, १९-२५ र २५-२२ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गर्न सफल भयो ।

यसअघि एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले प्रतियोगिताको उद्घाटन गरेका थिए । पूर्व खेलाडी समाज, बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् उपप्रमुख राईले खेलाडीहरुले अन्तरराष्ट्रिय स्तरमा राष्ट्रको पहिचान र नामलाई बढाएको बताए। उनले खेलक्षेत्रको बिकासका लागि प्रतियोगिताको निरन्तरताका साथै खेलाडी उत्पादनमा समेत जोड दिनुपर्ने धारणा राखे । खेलकुद र खेलाडीहरुको संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिका सधैं तत्पर रहने समेत उपप्रमुख राईले प्रतिबद्धता जनाए ।

यही जेठ ३० गतेसम्म सन्चालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता छ । नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन् ।

समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन समाजका महासचिव जयन्त कुमार शर्माले गरेका थिए । उदघाटन सत्रमा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपालगन्ज-२ का वडाअध्यक्ष मनोज श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झना, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष निरज गौतम लगायतको उपस्थिति थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?