
काठमाडौँ – विपक्षी दलहरुको अवरोधका कारण बिहीबार पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत छानबिन हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद् अवरोध जारी राखेका हुन्।
उनीहरुले जेठ १२ गतेदेखि संसद् चल्न दिएका छैनन्।
दलहरु निरन्तर छलफलमा रहेर सहमतिनजिक पुगेको भनिए पनि बैठकमा विपक्षी दलहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।