अभिनेत्रीहरू अन्जना र मलिकाकाे महाभाेजले जुराएको दाेस्ती (भिडियो)

+
-

नायिका अन्जना बराइली अभिनीत चलचित्रले बक्स अफिसमा राम्रै व्यापार गरेका छन्। उनको डेब्यू चलचित्र ‘महापुरुष’ले नै उनलाई स्थापित गरिदिएको थियो। त्यसैगरी ‘पूर्णबहादुरको सारंगी,’ ‘पुजार सार्की’ जस्ता चलचित्र सफल भए। अन्जना अभिनित नयाँ ‘महाभोज’ प्रदर्शन भएको छ जसमा उनले मलिका महतसँग काम गरेकी छन्।

दिनेश राउतको निर्देशनमा तयार भएको यस चलचित्रबाट अन्जना निकै आशाबादी छन्। ‘महाभोजले सहकारी पीडितको कथा उठाएको छ। त्यसैले महाभोजले दर्शकलाई निराश बनाउँदैन,’ उनले भनिन्।

तर उनी आफ्नो भूमिको बारेमा भने खुल्न चाहिनन्। बरु भनिन्, ‘कथा सहकारी पीडितको हो। तर भूमिकाको बारेमा चलचित्र नै हेर्दा राम्रो।’

अभिनेत्री मलिका महत अन्जनाको कुरामा सहमत भइन्– ‘सहकारी पीडितका आन्दोलनलाई महाभोजले निराशा बनाउँदैन।’

मलिका र अन्जना म्युजिक भिडियोबाट नेपाली चलचित्रमा प्रवेश गरेका थिए। अभिनय क्षेत्रमा एक दशक जस्तो हुनै लाग्दा अन्जना र मलिकाले फिल्म यात्राको अनुभव सुनाउने क्रममा अन्जनाले भनिन्, ‘हामी सँगसँगै काम गर्ने अवसर जुर्‍याइदिनुभयो महाभोजको टिमले। अहिले हामी साथी भएका छौं।’

जति सुन्दर त्यति नै स्पष्ट विचार राख्ने अन्जनालाई पछिल्लो समय निर्माता निर्देशकहरू पैसा छाप्ने अभिनेत्रीका रूपमा पनि लिने गर्छन्।

अन्जना बराइली।

धादिङ जन्मे पनि अन्जना हुर्किन् काठमाडौँको बनस्थलीमा। उनको पुर्ख्यौली पेशा सुनचाँदी व्यवसाय थियो। ‘बुवाआमाको चाहना त गायिका बनोस् भन्ने थियो। सानैमा गाउँथें पनि। अहिल त सक्दिनँ। तर अभिनयले तान्यो। जब म्युजिक भिडियो ‘घुमीघुमी’मा काम गरें धेरैले मन पराइदिनु भयो। संयोगले महापुरुषमा नयाँ अनुहार चाहिएको रहेछ। मैले अडिशन दिएँ। पास भएँ,’ अन्जनाले भनिन्।

अन्जनाका बाबाको चाहना छोरी गायिका बनिदिए हुन्थ्यो भन्ने थियो। किनकि सिनेमा वा कलालाई हेर्ने दृष्टिकोण अहिले पनि नेपाली समाजमा साँघुरो छ। उनका बुवाले पनि सिनेमा कला क्षेत्रमा लाग्ने होइन भन्थे। तर अन्जनाको रुचि अभिनयमा नै थियो। आमाको साथ थियो उनलाई।

‘अहिले पनि कला वा सिनेमा क्षेत्रलाई सकारात्मक दृष्टिले हेर्ने मास कमै छ। त्यसैले ब बाबाले यो क्षेत्रमा नगइदिओस् भन्ने थियो। तर म यही क्षेत्रमा लागें, ‘अन्जनाले भनिन्, ‘कतिपय सपना आफूले नदेखेसम्म कन्टिन्युटी दिन गाह्रो हुँदोरहेछ।’

अन्जनाले आफ्नै बुवाले थुपारेको सपनालाई बोक्न सकिनन्। बरू आफ्नै सपनाको बाटोलाई खोल्दै अघि बढिन् र सफल पनि भइन्। भन्छिन्, ‘बुवा आमा सन्तानमाथि सपना देख्छन्। तर सन्तानको रूचि त्यो सपनासँग कति नजिक छ। खाली थुपारिदिएर मात्रै भएन। यदी सन्तानको सपना सकारात्मक भयो भने बावाआमा त्यसैमा पनि खुसी हुन सक्नुहुँदोरहेछ। अहिले मेरो बाबाआमा खुसी हुनुुहुन्छ।’

मलिकाको अभिनय यात्रा अलिकति फरक छ। उनले स्कुल जीवनमै कलाको प्रभाव थियो। स्कुलमा हुने अभिनय या नृत्यमा भाग लिन्थिन्। बौद्धमा जन्मिएर त्यहीँ हुर्किएकी मलिका सानैदेखि अभिनयमा लाग्ने कुरामा स्पष्ट थिइन्। उनका शिक्षकले कलाकार हुने सपना देखाइदिएका थिए। अभिनय यात्राकै क्रममा पहिलो सिनेमा ‘यात्राः द म्युजिकल भ्लग’मार्फत् रजतपटमा डेब्यु गरिन्। भन्छिन्, ‘म चाइल्ड आर्टिस्टबाट आएकोले फिल्म खेल्न पाए हुन्थ्यो भन्ने थियो। तर चिनेको कोही थिएनन्। अनि म्युजिक भिडियो खेल्न थालें।’

मलिका म्युजिक भिडियोका लागि बढी नै खोजिने नायिका हुन्। यद्यपि उनी चलचित्र पनि त्यतिनै मात्रामा खेल्दै आइरहेकी छन्। ‘यात्राका लागि मैले अडिशन दिएको थिएँ,’ उनी भनिन्।

मलिका महत।

लेखक कलाकार खगेन्द्र लामिछानेका ‘पानीफोटो,’ ‘सत्यम,’ सतिदेवीलगायत चलचित्रमा पनि अभिनय गरेकी मलिकाको ‘फूलबुट्टे सारी’ निकै रुचाइएको छ। उनी भन्छिन्, ‘चलचित्रमा नै बेस्ट गर्ने कोसिस हो।’

राम्रो काम गर्न सक्ने क्षमता आफूलाई थाहा हुँदा पनि टिम गतिलो नपर्दा पछाडि परेको कलाकार थुप्रै छन्। मलिकालाई यो कुराको डर नभएको पनि होइन तर उनी राम्रो काम गर्ने कोसिस गरिन्। अहिले उनी महाभोजमा जोडिनुलाई अवसर ठान्छिन्।

‘चलचित्र सबै चल्छन् भन्ने छैन तर फिल्म मेकर तथा दर्शकले मन पराइदिएर होला मलाई विश्वास गरिदिनु भएको,’ उनले भनिन्।

संख्यात्मक हिसाबले चलचित्र निर्माण क्रम ह्वात्तै बढ्यो। तर के ती चलचित्र गुणात्मक पनि छन्। यदी छैनन् भने कयौं सिनेमाले पोष्टरको पैसा पनि उठाउन सक्ने छैनन्। त्यसोभए राम्रो चलचित्र हुन के कुरा आवश्यक छ त?

अन्जना दुई कुरा महत्व ठान्छिन्— स्क्रिप्ट र निर्देशकको स्पष्ट भिजन ।

अन्जनाको कुरामा मलिका सहमत भइन्। भनिन्, ‘खासमा स्क्रिप्ट नै बलियो हुनु पर्दाेरहेछ।’

दुवै नायिकालाई फरक काम गर्न रुची छ। महिला प्रधान चलचित्र मार्फत फरक काम गर्ने रुची सुनाउने अभिनेत्रीद्वयले नेपाली चलचित्र लेखन निर्माणका क्रममा गम्भीर अनुसन्धान हुन नसकेको बताए।

नेपालमा प्रभावशाली महिलाहरू छन्। अझ नेपाली इतिहासमा महिला पात्रहरू बलिया छन्। ती माथि अध्ययन अनुसन्धान र खोज हुन बाँकी नै छ। तर नेपाली चलचित्र क्षेत्रमा ती पात्रमाथि अध्ययन गरी दृष्य भाषामा ल्याउन बजेटकै समस्या देखिन् अन्जनाले। भन्छिन्, ‘नेपाली मेकर रिसर्च गर्दैनन् । अध्ययन गर्दैनन्,’ उनी भन्छिन्, ‘हाम्रो पनि हिस्ट्री रिच छ। फिमेलको पनि यो समाजमा योगदान छ। तर तिनको कथा भन्न हामी डरायौं। रिसर्च गर्न सकेनौं। सायद बजेटको अभाव पनि होला।’

अध्ययन किन कमजोर छ भन्ने जिज्ञासामा अन्जनाले भनिन्, ‘अहिले नेपाली चलचित्र मेकरहरु जसको फिल्म हिट भयो त्यस्तै कथा पात्र पछ्याउन थालेकाले अध्ययन अनुसन्धानमा समय खर्चिन मन गर्दैनन्।

‘जसको चलचित्र चल्यो त्यसैको पछाडि दगुर्ने भएको छ। यस्ता बेला धेरै फिल्म डुब्ने सम्भावना हुन सक्छ,’ उनले भनिन्, ‘एउटा फिल्म राम्रो भएपछि त्यस्तै कथा र पात्र खोजेर हिँड्छन्। जस्तै पूर्णबहादुरको सारङ्गी चल्यो तर त्यस्तै फिल्म गर्न दौडिरहेका छन् मेकरहरू। नयाँ कुरा ल्याउनु पर्ने होला नि।’

मलिका नेपाली समाजमा महिलालाई अझै दोस्रो दर्जामै हेरिँदै आएको बताउँछिन्। भन्छिन्, ‘समाज त फिमेल डोमिनेट छ त। त्यसैले महिला पात्र बलियो पाउन गाह्रै छ। मेकरहरु चलचित्र बनाउँदा नै यो हिरो हुने छ र यसकै वरिपरि कथा घुम्ने छ भनेर भनिन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?