
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा बिहीबार मध्यरातमा आदेश सुनाएको छ। ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार साँझ सकिएको थुनछेक बहसमा बिहीबार मध्यरातपछाडि आदेश आएको हो।
आदेशमा दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने ३२ जना जमानतमा रिहा भएका छन्।
दुर्गा प्रसाईसहित तारा राजावादी, अनुप राजावादी, सुशील बराल, दण्डपाणि रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ।
अन्य ३२ जनालाई भने जमानतमा रिहा गरिएको छ।
प्रसाईँलाई पुर्पक्षका लागि थुनामा राखिए पनि क्यान्सर पीडित भएकाले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिने पनि अदालतले जानकारी दिएको छ।
थुनामा पर्ने र छुट्नेहरूको सूची: