
काठमाडौँ – सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बीच प्रतिनिधि सभा बैठक अघि बढाएका छन्।
रास्वपा र राप्रपाका सांसदहरूले उभिएर विरोध जनाइरहँदा सभामुख घिमिरेले नेकपा माओवादी केन्द्रमा प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका हुन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका थिए। तर, शुक्रबार सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग दुई बुँदे सहमति गरेर माओवादी संसद् खुलाउन तयार भएको हो।
तर, रास्वपा र राप्रपाले भने ठूला तीन दलबीचको दुई बुँदे सहमतिलाई अस्वीकार गर्दै संसद् अवरोध कायमै राखेका हुन्।