श्रीमती बलात्कार मुद्दामा श्रीमान दोषी ठहर

श्रीमती बलात्कार मुद्दामा श्रीमान दोषी ठहर
+
-

जनकपुरधाम- धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर भएका छन् ।

धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ती तिराउने आदेश दिएको हो ।

न्यायाधीश वर्देवाको इजलाशले जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्ने निर्णय सुनाएको थियो ।

जेठ २९ गतेको पेशीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न लगाउने आदेश दिएपछि गत शुक्रबार भएको पेशीमा न्यायाधीश वर्देवाको इजलासले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख क्षतिपूर्ती तिराउने आदेश दिएको हो ।

श्रीमानले जवरजस्ती करणी गरेको भन्दै धनुषा जिल्ला अदालतमा २०७९ चैत २१ गते श्रीमतीले मुद्दा दायर गरेकी थिइन् ।

मुद्दा दायर गरेपछि २०८० साउन २१ गते पहिलो पेशी चढेको थियो ।
पहिलो पेशीमा अदालतले धरौटी माग गर्ने आदेश दिएको थियो ।

कुल ३६ वटा पेशी चढेपछि शुक्रबार उनको मुद्दामा अन्तिम आदेश आएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?