
काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद अवरोध गरेको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही सुरु गर्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाएको हो ।
सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिएसँगै रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नारबाजी सुरु गरेका छन् ।
अवरोधका बाबुजद संसद बैठक अहिले जारी छ ।
थप तस्बिरहरू: