
काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको अवरोधकाबीचमै संसद् चलाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधकाबीचमा संसद् चलाएका हुन्।
प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले अवरोधकाबीचमा संसद नचलाउन र सहमति गरेर मात्र चलाउन आग्रह गरेको थियो। तर सभामुख घिमिरेले कसैको कुरा नसुनेर संसद्मा बजेटसम्बन्धि छलफललाई निरन्तरता दिएका छन्।
संसद्मा बजेटसम्बन्धि छलफल चलिहँदा रास्वपाले भने नाराबाजी गर्दै संसद् अवरुद्ध गरिरहेको छ। केही समय वेलको अगाडि उभिएर विरोध जनाएको रास्वपाले अहिले पलेंटी कसेर बसिरहेका छन्। उनीहरूले बसेरै संसद् अवरुद्ध गरिरहेका छन्।
तर संसद् बैठक निरन्तर चलिरहेको छ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएपछि प्रतिपक्षी दलले जेठ १३ गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ। शुक्रबारदेखि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भने दुई बुँदे सहमति सरकासँग गर्दै संसद् अवरुद्ध गरेको छैन।
अन्य दुई दल रास्वपा र राप्रपाले भने छानबनि समिति नबनेसम्म बैठक अवरुद्ध गर्ने अडान लिँदै आएका छन्। सरकार गृहमन्त्री लेखकमाथि छनबिन गर्न समिति बनाउन तयार छैन।