हामी पिरतीको छाता ओढौँला!

हामी पिरतीको छाता ओढौँला!
+
-

असारको मध्य झरी अनि जेठको प्रचण्ड घाम दुवै याममा हरकोहीको आवश्यकता र सहायता बन्छ भने त्यो केवल दुई अक्षरले बनेको (छा+ता)  छाता हो। छाता त्यत्ति महत्त्वपूर्ण बस्तु त हैन नै, तर पनि यसको चलनचल्ती र प्रयोग  विशेष नै छ। चाहे गीतसंगीत वा दैनिक दिनचर्या वा वातावरण- छाता जोडिन्छ नै।

स्वर्गीय लालबहादुर खातीको रचना, स्वर र संगीतको यो सिर्जना हेरौँ :

अरु कालो रेलको धुँवाले

त कालो छाता हजुर ओढ्दै नओढ्नाले

गीतमा पनि यसरी छातालाई महत्त्व दिएको पाइन्छ। छाता यस्तो सहारा हो जुन सुन्दरतामात्र नभएर स्वास्थ्यको लागि पनि प्रयोग हुन्छ।

छाताको इतिहास, उत्पत्ति र विकासबारेमा मसँग प्रमाण र अनुसन्धान त छैन, तर पनि छाताको चार हजार वर्षभन्दा पुरानो प्रारम्भिक उदाहरण चीन र अन्य क्षेत्रमा देखा परेको भन्ने प्राचीन लेखहरूमा पाइन्छ। बिशेष गरी उच्च पदका व्यक्तिहरुले सूर्यको तापलाई छेक्न छाता प्रयोग गरे। पछि यसको प्रयोग जनस्तरमा पनि व्यापक हुँदै गयो।

सुरुवातमा फोल्डर छाता,  स्वचालित मिनी छाता,  ठूलो छाता, हावा प्रतिरोध हुँदै अहिले बजारमा सानो, चिटिक्क कम पूँजी र सुपथ मूल्यमा सजिलै प्राप्त गर्न सकिन्छ। छाता भन्नेबित्तिकै हाम्रो धारणामा घामपानीको सारथी, तर त्यतिमा मात्र यसको उपादेयता सीमित छैन यो दायरा, यति धेरै महत्व र महिमायुक्त बन्दै गयो कि हाम्रो दैनिक जीवनमा, जस्तै विवाह, ब्रतवन्ध, धार्मिक कार्य, पूजापाठ, दानधर्म आदिमा यो अनिवार्य बनेको छ। झल्लरी छाता त हामी जो कोहीले धेरै नै सुन्दै र देख्दै आएको छौँ, विवाहमा दुलहा पक्षलाई सुरुमा स्वागत गर्दा जन्ती पर्सने चलन छ, जति बेला छाता नभई हुन्न।

हाम्रा पुर्खा, राजामहाराजा, धार्मिक कथा, रामायणमा पनि हामीले छाता प्रयोग भएको दृष्यमा देखियो। स्व.सन्तनेता कृष्णप्रसाद भट्टराईको छाता बहुचर्चित नै थियो। प्रेममिलन र मायाप्रीतका गीतमा पनि छातासँग सम्बन्धित शब्द र भिज्युअल पाइन्छ।

सिनेमा ‘रेसम फिलिली’ मा पनि छाताको रमाइलो गीत छ-

पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो

लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउँला

अनि घामले मलाई सताउला

काली मलाई बनाउला

तिमी पिरतिको छाता ओढाउनू

विभिन्न चरणको निर्वाचनमा पनि छाता चुनाव चिन्ह पाउँछन् कतिपय दल तथा उम्मेदवारहरूले। हरेक पर्व, समारोह, उल्लासमा पनि छाता पर्यायवाचीजस्तै बनेको छ। अब वर्षाको सिजन पनि सुरु भइसकेको छ। पुरुषको तुलनामा महिलाहरुले छाता सधैँ साथमा नछुटाउने वस्तु हो, छाता पुरुषभन्दा बढी महत्त्वमा पर्छ महिलाका लागि। किनकि उनीहरु दुरदर्शी र पारदर्शी हुनुले होला सायद, यो मामलामा परिपक्व देखिन्छन्।

अहिले कयौँ सहर र पार्कहरू छाता पार्कको नामले पनि चिनिन्छन्। छाताचोकले गाउँलाई चिनाउँछ भने चितवनमा पर्यटक र नवआगन्तुकको आकर्षण बनेको छ छातापार्क। दैनिक सयौको संख्यामा पर्यटक घुम्न र हेर्न लागि आइपुग्छन्। उपहारको लागि आफन्तलाई सम्झना स्वरूप स्वदेश र विदेशबाट पनि छाता दिने गरिन्छ।

 

पहिलापहिला बुढापाकाहरु घरबाट बाहिर जाँदा साथमा नछाड्ने पहाडी ज्वारी कोट वा इस्टकोटमा दौराको पछाडि भिर्ने गरेको छाताका यादहरु मानसपटलमा अझै ताजै छन्। हिजो आज त विभिन्न उद्योग, व्यापार, प्रोडक्ट सामग्रीहरुको उत्पादनलाई ब्रान्डिङ, मार्केटिङको प्रोमोसन गर्ने सजिलो प्रभावकारी रुपमा पनि छाता प्रयोग हुने गरेको छ।

यति मात्र हैन, भर्खरै १५ जेठबाट सुरु भएको राजावादीको आन्दोलनमा राप्रपाका सांसद् नेता ज्ञानेन्द्र शाहीले नारा र विरोधको सांकेतिक चित्रण पनि छाताको माध्यबाट नयाँ प्रयोग देखियो। धेरै चलचित्र/म्युजिक भिडियोमा पनि छाताहरुको प्रयोग गर्ने गरेको पाइन्छ।

छाताको मूल्य शहर बजार, देश, ठाउँअनुसार फरक-फरक हुन्छ र त्यसको ब्रान्ड, क्वालिटी पनि एकरुपता हुँदैन।

सामान्यतया: अहिले सुपरमार्केट, भाटभटेनी तथा पसलहरुमा २०० देखि १००० सम्मका छाता प्रचलनमा पाइन्छ। मान्छेले धेरै बिर्सने र चाँडो हराउने भनेको छाता नै हो, यसलाई त्यति धेरै जतन गर्न सकिन्न चाहेर पनि, बिग्रने, छुट्ने आवश्यक पर्दा एक अर्कामा उदार हुनु पर्ने कारणले गर्दा।

हामी सानो हुँदा वर्षा सुरु भएपछि चोकसडक, पेटी, किनारा र गल्लीमा छाता बनाउने धेरै देखिन्थे जुन हिजोका दिनमा कमै फेला पार्न सकिन्छ। त्यो बेला १ सय ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्मका छाता बजारमा पाइन्थ्यो। मर्मत खर्च भने ५ देखि ५० रुपैयाँसम्म पर्थ्यो। महँगी, दिनचर्या, कामको प्रकृति, शैली र आवश्यकतासँगै छाता बनाउने ती पात्रहरूको व्यवसाय धरापमा पर्दै गयो।

आजभोलि ती पात्र मुस्किलले फेला पार्न सकिन्छ। भर्खरै मात्र के घर के डेरा घर नं. २ मा एउटा छाता बनाएर काठमाडौंमा संघर्ष गरिरहेको पात्रको चित्रण गरिएको थियो। त्यसमा हिजोको दिनमा हामीले देखेको अनुहार वा पात्रभन्दा फरक भेषभूषा र भूगोलमा देखिने चित्रण कलाकार खगेन्द्र लामिछानेले निर्वाह गरेका छन्।

त्यो दृष्य, सम्वाद र हाउभाऊ वास्तविक व्यक्तिगत कथा, समस्या, यथार्थ र मौलिकता झल्काउने घटना परिवेश थियो, छातासँग यस्ता अनेकन प्रसंङ्गहरु जोडिएका छन्।

यी सिनेमा, फिल्म र गीतसँगै अब छातासँग जोडिएको अर्को नाम हो अम्ब्रेला स्ट्रिट। भरतपुर महानगरपालिका वडा नं. २२ मा पर्ने पटिहानीमा बनेको अम्ब्रेला स्ट्रिट अहिले चितवनकै पर्यटकीय गन्तव्य बनेको छ। त्यस्तै काठमाडौंको न्युरोड गेटदेखि संकटा मन्दिरसम्मको बाटोमा पनि ४ सय ३० वटा छाता राखिएका थिए।

सायद यसले छाताको महिमा र लगावलाई फरक तरिकाले परिभाषित गरेको छ। दिनदिनै यस्ता आधुनिक सोच र तरिकाले छाताको परिभाषामा रहेको पानी र घामबाट मात्र बचाउँछ भन्ने मान्यतालाई अब मानिसको रितिरिवाज र पहिचानका लागि पनि छाता अनिवार्य बनेको सन्देश सम्प्रेषण भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?