
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिष्कार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्हरूको विरोधबीच प्रतिनिधिसभाको दोस्रो बैठक सोमबार सुरु भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध गर्दै संसद् बहिष्कार गरेका छन् भने दोस्रो बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बेल घेराउ जारी राखेको छ।
विरोधकै बीच अर्थमन्त्री बिष्णु पौडेलले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले लगातार बेल घेराउ जारी राखेको हो।
विरोधकै बीच सभामुख देवराज घिमिरेले बैठक अन्त्य गर्दै मंगलबार १ बजेका लागि डाकेका छन्।
तस्बिरहरू: