
बर्षा शाह
असार ३, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
चैत १५ गते भएको तीनकुने घटनामा सरकारले आरोपी करार गरेका मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो।
न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई मंगलबार ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। मिश्र मंगलबार आफैँ अदालतमा उपस्थित भएका थिए।

